मैथिल जीवनमा कला सौन्दर्य


कला र जीवनको सम्बन्ध भौत्तिक रुपमा नै ग्राह्य र वोधगम्य हुन सक्छ, किन की कला र जीवनको आधि दैविक र आध्यात्मिक व्याख्याका अन्त उलझन, रहस्य र अन्ध विश्वासमा हुन्छ ।

मौलिक रुपमा हामी लाई भन्नु पर्छ कला मानवको सृष्टि हो र मानवको जीवन उसको आफ्नो हुँदा पनि वस्तुनिष्टमा परिचितमा पनि मर्यादित रहन्छ । तसर्थ कला विहीन जीवन कुनै सिमासम्म सत्य हुन सक्छ तर जीवन विहीन कला या त लाश हुन्छ या हवाई कल्पना तर हामी यसलाई यसरी बुझ्न सक्छौ की जीवनमा कलाको प्रयोजन अलिकति पनि गौण छ, किनकी कलाको परिधान धारण नगरी जीवन यति नाङ्गो र वदरंग (उजाड) हुन जान्छ की जीवन जिउन लायक हुन्छ वा हुँदैन ? यहाँ नै कलाको उद्गम स्वरुप र प्रयोजनको प्रश्न आउने गर्छ ।
हामी कलाको कल्पनाको अभिव्यक्तिमा नै अथवा कर्म कौशल, आफ्नो एकाग्र चेतनाको सहायताबाट जीवनको अनुभूतिको अरुमा व्यक्त गर्ने प्रयास मानौ अथवा जो सत्य हो, जो शिव हो, जो सुन्दर हो तर प्रत्येक अवस्थामा कला उसको प्रेरणा स्रोतको प्रश्न बनि रहन्छ र यस प्रश्नको उत्तर व्यक्ति विशेषको जीवन–दर्शनमा निर्भर गर्छ, किनकी त्यस दर्शनको आधारमा नै त्यस व्यक्तिको दृष्टिकोण बन्छ ।
यसरी कलाको प्रति आदर्शवादी, सौन्दर्यवादी र जडवादी तीन प्रकार को दृष्टिकोण प्रचलनमा आएको हो ।
पहिलो कोटीको कलाकार सत्य, शिवं र सुन्दरमको सुमिरनमा आफ्नो भावोच्छ्वासको मनमा गर्छन मान्छन । तर सत्य, शिवं र सुन्दरम् को अर्थ सोघ्दा उत्तरको विश्लेषण गर्दा मात्र अल्झेको विचारको धागो पाइन्छ । वस्तुतः यस्ता कलालाई कलाकारहरुको सर्वथा वैयक्तिक व्यक्ति अनुभूतिको घेरामा घेरेर राख्न चाहान्छ । तसर्थ त्यसको कलालोचनको कसी निजी भावना हुन्छ । यस विचार धारको अभिव्यक्ति छायाँवाद र रहस्यवादमा हुन्छ र अन्तमा त्यो विषाक्त व्यक्तिकताको दलदलमा हराएर जान्छ । तर यी सब दशामा यसको पछाडी जीवनको अनुभूति अवश्य हुन्छ तर जीवन नितान्त व्यक्तिगत रहन्छ र अनुभूति वाचवीय ।
दोस्रो दृष्टिकोण कलाको स्वतन्त्र सत्ताको आफ्नो आधारशीला मान्छ । यस मत लाई मान्नले सर्जकको व्यक्तित्वबाट अगल गरेर रुप विन्यास र शिल्प भाषामा कलाको सिद्धान्तको निरुपण गर्छ । यीनको मान्यता “कला, कला को लागि” । यो कलाकृतिका बुझ्नको लागि अथवा कला सृजनाको लागि जीवनको व्यक्तिगत अथावा सामाजिक–संस्पर्शको अनावश्यक मान्छन् । तसर्थ यस विचारको परिरणिती पहिलो अनुरुप व्यक्तिगत अभिरुचि, चिन्तन र रुप योजनामा हुन्छ ।
तेस्रो दृष्टिकोण, जो जडवादी हुन्छ इतिहासको आर्थिक व्याख्यालाई आफ्नो आधार मान्दछ । यो प्रथम दुबै दृष्टिकोण लाई निराकरण गर्छ, किनकी यस दृष्टिबाट जो आदर्श कला हुन्छ, त्यसमा वर्ग संघर्षको सुत्र भेटिनु पर्दछ । त्यसमा भावको उत्कर्ष र रुप विन्यासको कुशलता दुबै गौण हुन्छ । यस प्रकारको कलाका उदाहरण कम्युष्टिको मार्ग भ्रष्ट तथा कथित प्रगतिवादी साहित्यमा भेटिन्छ ।

उपयुक्त तीनै दृष्टिकोणमा जे फरक छ त्यो मात्र मतवादको कारण हुनजान्छ, अन्यथा विभिन्न यस्ता स्थल छन् जहाँ तीनै सिमा एक अर्कासँग अल्झको छ । यसको अर्थ हो कलाको लागि भौत्तिक जीवन को अनुभूतिहरु र भावना जति सत्य छ, त्यति नै उनको रुप योजना पनि । जहाँ दुबै सत्यको समन्वय हुन्छ, कला सद्यः निखारिन्छ ।
कला र जीवनको अन्योन्याश्रित सम्बन्धमा कलाको प्राचीनतम अवशेषबाट पनि बुझ्न सकिन्छ । आजबाट हजारौं, लाखौंँ वर्ष पहिले प्राचीन पाषाण तथा नव पाषाण युगमा जंगलमा फिरन्ते रुपमा विचरण गर्ने मनुस्य ले सांकेतिक भाषा, ध्वनी, संकेत, मुद्राको संकेत र हाउभाउलाई भाषाको रुमा प्रयोग गर्थे । जीवन यापनको क्रममा आहारको लागि गर्नुपर्ने संघर्ष र भीमकाय जंगली जनावरबाट बच्न योजना स्वरुप गुफाका भित्तामा बनाइएका चित्राकंनबाट भित्तामा कलाको निर्माणको रुपमा लिइयो । शत्रुमाथि विजय प्राप्त गर्ने मनोवल बढाउन पाषाण युगीन मानव अन्ध्यारो गुफा भित्र–भित्र गएर अनकौं प्रकारको चित्र अंकित गरे जस क्रममा जंगली जनावर र प्रकृतिक दृष्य भित्तामा कलाको निर्माण गरियो । अस्तित्वको लागि गरिएको संघर्षबाट मानवले नयाँ–नयाँ आविस्कार गर्दै गयो र फिरन्ते जीवन छोडेर सामाजिक प्राणी वन्न थाले पशुपालन र खेतीपाती को साहारा लिन थाले । मानविय सोच, कल्पना तथा अनुभुतिको अभिव्यक्तिको पर्यावाची शब्दको रुपमा कलालाई बुझ्न सकिन्छ । कलाको इतिहार खोतल्दै जाँदा प्रागएतिहासिक कालसम्म पुगिन्छ । मानवीय चेतना मनोविज्ञान तथा सौन्दर्यता प्रति आकर्षणले प्रागैतिहासिक कालमा कलाबाट अछुतो रहन सकेन । अर्थात आफू प्रकृतिको अंगमात्र नभएर प्रकृतिको पकडबाट मुक्त भई त्यस माथि जीवन शैलीको तुरन्त प्रभाव कलामा प¥यो यसरी पहिलेका स्वाभाविक यथातथ्य अंकनको स्थानमा नयाँ समाजिक अनुभूतिको सँग–सँगै कला प्रष्फुटन हुँदै गायो र पुरानो पद्धतिको सर्वथा वहिस्कार नभए तापनि जीवनबाट त्यसको सम्बन्ध रहेन तसर्थ त्यस पद्धतिमा बनाइएका चित्रको उपयोग मात्र परम्परा निर्वाह तथा सजावटको लागि गरिन थालियो । समयको वहाव सँगै विकसित हुन सक्यो । रेखा चित्रबाट सुरु भएको कला क्रमशः विकसित हुँदै विभिन्न माध्यहरु माटो, ढुङ्गा, धातु, काठ हस्तिहाड, ताडपत्र (ताड तथा भोजपत्र) लगायत कागज, कपडा क्यानभाससम्म उत्रन सक्यो । यिनै विभिन्न माध्यमहरुमा अभिव्यक्त भएका सृजना नै चित्रकला, मूर्तिकला, वास्तुकला आदि विभिन्न नामबाट प्रसिद्धि भएको पाइन्छ ।
विस्तारै मनुष्य शिकार र एकलौटे जीवन छाडेर सामाजिक प्राणी बन्न थाले, पशुपालन र खेतिपातीको सहरा लिन थाले । अर्थात आफू प्रकृतिको अङ्गमात्र नभएर प्रकृतिको पकडबाट मुक्त भई त्यस माथी जीवन–शैलीको तुरुन्त प्रभाव उनको कलामा प¥यो । पहिलेका स्वाभाविक यथातथ्य अंकनको स्थानमा नयाँ सामाजिक अनुभूतिको उद्भावना हुन थाल्यो । पुरानो पद्धतिका सर्वथा बहिस्कार नभए तापनि जीवनबाट त्यसको सम्बन्ध रहेन तसर्थ त्यस पद्धतिमा बनाइएका चित्रको उपयोग मात्र परम्परा निर्वाह अथवा सजावटको लागि गरिन थालियो । यो तितो–सत्य आज पनि कलामा देखिन सकिन्छ । जो कला जति जीवनसँग टाढा छ त्यसमा त्यतिनै सजावट छ ।
कला समाजको अभिन्न सम्बन्धको प्रभाव कलाको संघटन र समाजको विचारधारको विकासमा पर्छ । मानव जीवन र सभ्यता एवं संस्कृतिको विकासको साथ नै त्यसको जीवनको प्रयासमा विशिष्टिकरणको प्रकृति तिव्रता थियो । फलतः कलाको विभिन्न भेद–उपभेद बन्यो । पहिले मात्र रेखाकृतिको र साहित्यको नाममा मंत्र र लोक गीत यो मौखिक पाठ हुन्थियो र आज चित्रकला मूर्तिकला वास्तुकला, संगीत र काव्य कला हो, कला र उपन्यास, हो ।
प्राचीन कलमा जो जातीको पुरहित थिए त्यो सँग –सँगै त्यो नै, कवि, चित्रकार, जादुगर पनि । तर आज कला विभिन्न कलाका ज्ञाता र विशिष्ठता प्राप्त गरेमा हुन्छन् । विशिष्टिकरण को यो प्रवृति साझै हाम्रो भौत्तिक जीवनको देन हो ।
यसबाट यो सिद्ध हुन्छ की कला र जीवनलाई बेग्ला बेग्लै बाकसमा बन्द गर्न सकिन्न । तर एउटा प्रश्न यो पनि रहन्छ जीवनमा कलाबाट कुन उद्देश्य पुराहुन्छ की त्यो हाम्रो लागि अनुकरणिय हो यस प्रश्नको सहि उत्तर यथास्थितित्व को गढमा सिधा प्रहार गर्छ, त्यसर्थ प्रतिक्रियावादी विचार यो प्रश्न लाई मिथ्या गर्ने प्रयास गर्छ । तसर्थ त्यो कलालाई ललितकला र उपयोगी कलाको दुई श्रेणीमा विभक्त गर्छ । यसको अर्थ हो जो ललितकला हो जस्तोकी काव्य आदि उनका सामाजिक र भौत्तिक जीवनसँग कुनै सम्बन्ध हुँदैन । उसको उद्देश्य विना आध्यत्मिक छ । त्यसै प्रकार उपयोगी कला, जस्तै मूर्तिकला, वास्तुकला, काष्ठकला वर्तन बनाउने कला आदि मात्र हो रोजगारको लागि हो । यसबाट कुनै महत्वपूर्ण उद्देश्य प्राप्त हुँदैन । उसको महत्व मात्र उसको उपयोगीता लाई लिएर हुन्छ ।
वस्तुतः सबै उच्च कलाको प्रभाव मुनष्यको आध्यात्मिक नैतिक जीवनमा पर्दछ त्यो मानवको अधिकाधिक स्वतन्त्रता तिर प्ररित गर्छ । यसको सबै भन्दा ठूलो प्रमाण ताजमहल हो । अतः कलालाई उसको भौत्तिक उपयोगिताको को तराजुमा तौलेर यो हेर्नु पर्छ की त्यो मानवको अहम कुन सिमासँग संघटित गर्छ । यो सिद्धान्तलाई स्वीकार गर्ने तर कलाको रुप–योजनाको समस्या गौण हुन जान्छ । कलाको स्वरुपको विषय वस्तुको आग्रहमा हिडनु पर्छ । यो नै कलाको निरन्तर आकर्षण र आत्माको स्रोत हो ।
मिथिला लोककला कृषि संस्कृतिको उपज मानिन्छ । मानव सभ्यताको सुरुवात्मा पुरुष र महिलाका बीचमा काम विभाजन हुँदा पुरुषले घरबाहिरको काम र महिलाले घरभित्रको काम सम्हाल्न पुगे । जीवन– यापनको क्रममा महिलाहरुले आफ्नो घरलाई सुन्दर बनाउन विभिन्न कलाकृतिको निर्माण गरे भने पुरुषहरुले धार्मिक अनुष्ठानका बेला वेदी बनाउँदा विभिन्न आकार प्रकारका यन्त्रहरु बनाई यसलाई सजाउन थाले ।

महिलाहरुले बनाएको कला सेन्सुअल तथा आध्यात्मिक र संस्कारजन्य सौन्दर्यसँग जोडिन पुगेपछि यसलाई उच्चकोटिको कलाको दर्जा दिइएन । फलस्वरुप महिलाले बनाएको कलालाई पनि विभिन्न सामाजिक, सांस्कृतिक र धार्मिक अनुष्ठानसँग जोडेर सर्वमान्य लोककलाको रुपमा विकसित गरियो । परिणामस्वरुप यस कलालाई देवी–देवतालाई प्रशन्न पार्न प्रयोग गरिन लाग्यो । प्रत्येक उत्सवहरुमा यसको अनिवार्यता मिथिलावासीमा हुन प्रत्येक घरमा यसलाई पूर्ण निष्ठापूर्वक मैथिल नारीहरुले बनाउन लागे । यस्तैगरी यो कला देवी–देवताहरुसँग मानिसको साक्षात्कार गराउने माध्यमका रुपमा हेरिन थाल्यो योनै कालान्तरमा मिथिला संस्कृतिमा संवाहक बन्न बन्यो । साथै मिथिला संस्कृतिको सम्बाहक पनि ।
मिथिला कलामा सौन्दर्यको चर्चा शुरु गर्दा मिथिला कलाको विभिन्न पक्षहरुमध्ये भूमिचित्र र भित्ति चित्रको छोटकरीमा चर्चा गरिएको छ ।
मैथिल संस्कृति अति प्राचीन संस्कृति हो र यसलाई साथ दिदै अगाडि मैथिली कला परम्परागत रुपमा सँग रहँदै आएको छ । भने यहाँको चित्रकला पनि त्यतिकै प्राचीन छ । किनकी यहाँको संस्कृतिको कलासँग घनिष्ठ सम्बन्ध छ, अर्थात मिथिला कला मैथिली संस्कार र संस्कृतिको उपज हो तसर्थ मैथिलीकला व्यूत्पति र विकास क्रमको इतिहास जतिनै प्राचीन छ मैथिली संस्कृति नै मैथिली समाजको जीवन पद्धति हो । आज पनि प्रत्येक चाडपर्व सामाजिक एकता र संगठन कै रुपमा मनाइन्छ । यस अवसरमा मिथिलानीहरुले गोवर, माटोले आँगन लिपी रेखाचित्र बनाउने गर्दछन् । यो भूमि चित्र अरिपनको नामले प्रसिद्ध छ । इतिहास–पुराणहरुमा सुप्रसिद्ध ६४ कलाहरुमध्ये आलेपन (आलिम्पन) मिथिलमा अरिपन कलाको एउटा स्वरुप मानिन्छ ।
मिथिला संस्कृतिमा जीवन र चित्रकलाको सम्बन्ध प्राचीन कालदेखि नै चल्दै आएको छ । जसमा अरिपन वैदिक कालबाट परम्परागत रुपमा चल्दै आएको छ यो चित्रलाई वेदमा सर्वतोभद्र नामबाट आएको छ तथा यसलाई वैदिक यज्ञमा यज्ञमण्डपको केन्द्रमा स्थण्डिलमा (यज्ञवेदी) चामलको धुलो (पीठो) अथवा अन्य पवित्र विभिन्न रङबाट बनाइदै आएको छ ।
मिथिलामा आज पनि अरिपनको लेखन सामग्रीको निर्माण चामलबाट हुन्छ जो यहाँको उत्पादन हो र सेतो रङको स्थानमा चामल वैदिक कालबाट प्रयोग हुँदै आएको छ । तसर्थ यो पुष्टि हुन्छ की सर्वतोभ्रद चित्रको स्वस्तिक अरिपनको लेखने प्रथा परम्परागत रुपमा चल्दै आएको छ । र यसको नाम सर्वतोभद्रको स्थान मा स्वस्तिक बन्यो र दुबै शब्दको अर्थ मंगलकारी नै मानिन्छ ।
आजको युगमा मात्र सुविधा र समयाअभावको कारण नयाँ पुस्ता यो युगको वैज्ञानिक रितीबाट बने रङ (आधुनिक रङ) को व्यवहारमा ल्याउन लागे र आज चित्रको व्यापक मागसँगै आधुनिक रङको व्यापक प्रयोगले प्राकृतिक रङको प्रयोग प्रायः लुप्त भई सकेको छ ।
पूर्ण वर्णित चित्र विवरणबाट स्पष्ट हुन्छ की यो अरिपन रुपी रेखाचित्र तथा रङविरङ भित्तिचित्र शास्त्रीय तत्वको आधारमा बनेका हुन्छन् । जसमा प्राचीन मैथिली संस्कृतिको सम्बन्ध वैज्ञानिक स्तरमा आधारित शास्त्रीय तत्वको रुप हो ।
मिथिलामा आज पनि पुराण, रामायण तथा महाभारत महाकाव्यमा वर्णित त्यो समयको प्राचीन स्थान तथा मुनीको आश्रम स्थित छ जसको पूर्ण विवरण मिथिलाको इतिहास अध्ययनबाट थाहा हुन्छ ।
मिथिला संस्कृति सदैव श्रीजानकी उनको अर्को नाम ‘मैथिली‘ पनि भनिन्छ उहाँको आदर्श मान्दै आएका छन् । तसर्थ यो स्वयमसिद्ध छ ।

– एस.सी.सुमन