काठमाडौं ट्रिएनाले 2017 कलाकृती “झाप”
काठमाडौं ट्रिएनाले 2017 मा मैथिल समुदाय को प्रतिनिधित्व गर्दै मेरो प्रतिश्ठापन कला “झाप” को प्रशतुती जो नेपाल आर्ट काउन्सिल , तारा गाउँ म्युजियम तथा पाटन म्युजियम (KCAC) मा प्रदर्शित छन् ।
“झाप” आराधना कलाकृतिको एक अनुपम नमुना हो । देवी-देवतालाई सामान्यत: पुष्प, मिष्ठान र नैवैद्यले आराधना गरिन्छ । मधेसको मिथिला संस्कृतिमा बाँसका सिन्काको संरचना “कोढिल”(पानीमा पाइने एक प्रकारको बनस्पति ) को सहारले खडा गरी, त्यसलाई सेतो कागजले बेरेर अनि त्यसमा स-सना “पिहुआ” (कूचि) बाट रंगीन कलाकृति बनाएर देवतामा अर्पण गर्नु आराधना वा उपासनाको एक अद्वितीय विधी हो । यसलाई “झाप” भनिन्छ । सधारणतया मैथिली लोक भाषामा झाप्नु भनेको छोप्नु हो । अर्थात् संरक्षण गर्नु हो । देख्दा कुनै बस्तुलाई छोप्न प्रयोग गरिने जस्तो देखिने हुदां यसलाई “झाप” भनिएको हुनुपर्छ ।
मेरो प्रस्तुति “झाप” मिथिलान्चल मा बसोबास गर्ने माली समुदाय ले बनाउने गर्छन।जसमा चित्रकरले चारै कुना र बाँकी भागमा बडो निष्ठाका साथ देवी देवता, जनाबर, चरा चुरूंगी, प्रकृतिजन्य आकृतिहरु तथा मिथिला कलाका प्रतिक चिन्ह बाट हातबाट रंगाएका छन् । झाप मन्दीरमा रहेका देवी देवतामा,कुल देबता तथा ग्राम देवताका थान मा चढाईन्छ । खास गरी दशैंको पुजा घरमा, कृष्णाष्टमीमा, सिरूवामा, घडी पर्वमा र यस्तै पर्वहरूमा भाकलको रूपमा वा यत्तिकै पनि चढाईन्छ ।
यो परम्परा शताब्दीऔं देखि चलि आएको छ । उहिले उहिले झाप बनाउने महिला पुरूषहरू बडो सिपालु हुन्थे । हाल यसमा नयाँ पुस्ताको त्यतिसारो चासो र रूचि देखिन्न । जे होस्-यो उपासना विधीको एक कलात्मक नमुना त हो नै । यस आराधना विधीबाट मिथिला संस्कृतिमा मौलिक रंगकर्मको विकास हुदै आएको हो । मिथिला चित्र वा मधुवनी आर्टको यो झाप जननी पनि हुन । मेरो कला यात्राको क्रममा शुरू देखिनै “झाप” प्रतिश्ठापन कलाकृतिको रुपमा प्रस्तुत हुँदै आज अन्तर्राष्ट्रिय प्रर्द्शनी सम्म आइपुगेको छ ।