नेपाली कलामा लोकसंस्कृति प्रभाव


नेपाल एक प्राचीन सांस्कृतिक देश हो । कला मानव संस्कृतिको उपज हो । यसको उदय मानव सौन्दर्य भावनाको परिचायक श कला तथा संस्कृतिमा लोककलाको अनौठो समन्वय देखिन्छ । समय(समयमा विभिन्न विद्वानले लोककलाको महत्वको चर्चा गर्दैआएका छन् । लोककला हाम्रो देशमा लोक परम्पराको दर्पण पनि हो । जो विभिन्न रितिरिवाज उत्सवमा देख्न सकिन्छ । हाम्रो जस्तो देशमा विभिन्न जातजाति, समुदाय प्रदेशमा विविध रुपका लोककला देख्न सकिन्छ । जसलाई विभिन्न नामबाट चिनिन्छ ।
सौन्दर्यानुभूतिको व्यक्त हुने कलालाई, ललितकला भनिन्छ । त्यो कला जसको अभिव्यजनबाट सुकुमारता र सौन्दर्यको अपेक्षा हुन्छ र जसको सृष्टि मुख्यतः मनोविनोदका लागि हुने गर्छ । जस्तो कि (गीत, संगीत, नृत्य, नाटक, तथा विभिन्न प्रकारका चित्रकला) यसमा विभिन्न माध्यमको प्रयोग पुस्ता दर पुस्ता हुँदै आइरहेको हुन्छ ।
ललितकलालाई व्यावसायिक कलाभन्दा भिन्न मानिएको छ किनकी आधुनिक कला (मोर्डन आर्ट) को सुरुआती काल खण्डमा कलाको लागि समाजको परिपेक्ष्यमा कुल मुल्यलाई आधार मानेर समसामयिक आवश्यता र रुचिलाई उजागर गरिएको पाइन्छ जसबाट कलाको सन्दर्भमा मान्नुपर्ने वैचारिक धाराको मान्यतालाई बढावा मिल्दै जाओस् । जबकी कला विचारकले कलाको लागि मापदण्ड निर्धारित नगरेर कलाको विषय, सौन्दर्यभावलाई नै धेरै महत्व दिएको पाइन्छ ।
गीत, संगीत, नृत्य वा नाटक मञ्चन इत्यादि ललितकलासँगको विरोधाभास यसकारण पनि बढेर जान्छ कि ललितकलामा मात्रा पारम्परिक कलाको चित्रण मात्रै नगरी निस्पादनकलाको सँगसँगै लेखनकला पनि यसको महत्वपूर्ण हिस्सा हो ।
दैनिक जीवनको यिनै उपयोगी वस्तुको निर्माण यद्यपि ललितकलाको पक्षबाट नभए पनि सामूहिक जीवनको कलापृयताको अंश हामीलाई यसमा दृष्टिगोचर हुन्छ तसर्थ यसलाई कलात्मक वस्तुभन्दा गलत हुँदैन । सभ्यताको विकासको सँगसँगै मानवले आफ्नो निर्मित चिजबिजमा उपयोगी धारणालाई नछोडी उसको कलापृयताले आफ्नो प्रवाहशीलताद्वारा केही मात्रामा भए पनि त्यसलाई ललितकलाका लागि सुन्दर उपादान बनाइ प्रस्तुत ग¥यो । यो आधुनिक युगको देन हो कि जहाँ कला एकार्तफ सामूहिक नभएर व्यक्तिगत भयो, अर्कोतर्फ उसको उपयोगिता कला, कलाको लागि हो, यिनै उद्देश्यसँग बढ्यो, यो अर्को वाद, वाद हो कि अनुपयोगी कलाको प्रभाव पनि हाम्रो वस्तुमा प¥यो र एकप्रकारले त्यसले सामूहिक रुप लियो । मोहनजोदाडोको नर्तकीको धातुको मूर्तिबाट त्यसकालको स्तर, दृष्टिकोण एवं गुण हामीलाई स्पष्ट परिलछित हुन्छ र तत्पश्चात् हामी धातु मूर्तिमा हेरौ, जुन दशैं शताब्दीमा प्रचुर मात्रामा बन्न प्रारम्भ भैसकेको थियो, तसर्थ नर्तकी ती सबै गुनबाट परिपूर्ण हुन् जो उच्चकोटीको मूर्तिमा हुनुपर्ने हुन्छ । नटराजको काँसको मूर्तिको भावपूर्ण गतिशिलतामा हामी परम्परागत कला सौन्दर्यको सबै लक्षणको सँगसँगै आधुनिक मापदण्डबाट सर्वगुण सम्पन्न पाउँछौ ।
चित्रः १ मोहनजोदाडोको नर्तकीको धातुको मूर्ति
चित्रः२ नटराजको कासको मूर्ति ।
सबै कलाजस्तै धातु र काठका मूर्ति पनि विदेशी राज्यको भिन्न दृष्टिकोणका कारण र उचित संरक्षण तथा प्रोत्साहनको अभावमा निर्जीव र रुढिग्रस्त भैसकेको छ । कतै लोप भयो त कतै उसको कुशल कारिगरहरुले जीवन निर्वाहको लागि अरु काम गर्न बाध्य भए । शिक्षित कलाकारले पनि विदेशी कलाको अनुसरण गरे तैपनि आज आएर फेरि आफ्ना वैभवशाली कलातिर ध्यानाकर्षण गरिनुपर्ने भएको छ । आज आएर कलाकारले काष्ठ, धातु तथा पस्तर मूर्तिकलालाई आफ्नो माध्यम बनाइ नेपाली परम्परागत शैलीमा, हामी आज अन्तर्राष्ट्रियस्तरको कलादृष्टिको सुन्दर समन्वय पाउँछौ । प्रत्येक माध्यमको आफ्नो स्वतन्त्र गुण हुन्छ जो अरु माध्यममा हामी पाउँदैनौ । धातुको मूर्ति काष्ठजस्तो र काठको मूर्ति पत्थर, सिमेन्ट अथवा धातुजस्तो न लागि उसको अतर्निहित गुणलाई पहिचान गरी माध्यमको अनुकूल रङ रुपलाई ध्यानमा राखी कलाकारले आफ्नो कृतिको कल्पना गरी र उसको गोपनीय सौन्दर्यलाई उन्मिलित गरी, जसले उतारचढाव, रेखा इत्यादिको संमिश्रणले एउटा मौलिक रचनाको निर्माण होस, यही आधुनिक कलाकारको ध्येय र उद्देश्य हो ।
कला अन्तर्गत चित्रकला, स्थापत्यकला, मूर्तिकला, हस्तकला प्रमुख हुन् । सबै कलाको कलात्मक अभिव्यक्तिका दृष्टिले नेपाली जनजीवनमा मात्र प्रागैतिहासिक युगदेखि आज वर्तमानमा पनि यसको विशेष महत्व दृष्टिगोचर हुन्छ ।
लोकसंस्कृतिको महत्वपूर्ण भाग हो लोककला । यो संस्कृतिको पहिचान पनि हो । जहाँसम्म नेपाली लोकसंस्कृतिको कुरा हो यसमा लोककलाको विशेष महत्व छ । कलाको प्रायोजन अभिव्यक्ति, यशप्राप्ति, हृदय तत्वको प्रधानता, धनोपार्जन, सेवा, आनन्द प्राप्ति, विश्वकल्याण आदि हुनसक्छ ।
लोकसंस्कृतिमा चित्रको प्राचीनता, भाषाभन्दा पनि प्राचीन मानिन्छ । लोकसंस्कृतिमा विभिन्न रङको प्रयोग हुन्छ । यो रङ मानव मनको भावनालाई व्यक्त गर्छ । जस्तोः पहेलो रङ प्रसन्नता दायक, यश, दिब्यता, सुर्य, प्रकाश आदिको प्रतीक हुन्छ । रातो रङ सर्वाधिक उत्तेजक र आकर्षक, सकृय तथा आक्रामक सँगसँगै सौभाग्यको प्रतीक र महिलाहरुमा लोकप्रिय हो । नोलो रङ शान्ति, माधुर्य, इमानदारी, आशा र लगनको प्रतीक हुन्छ । हरियो रङ तटस्थ र ताजापनको प्रतीक हुन्छ । भन्टा (बैगनी) रङ राजसी रङ हो र समृद्धि, वैभव तथा सौर्यको प्रतीक हो । सेतो रङ पवित्रता, स्वच्छन्दता, शान्ति र तेजस्विताको प्रतीक हो । कालो रङ प्रकाशहीन, उत्तेजनाहीन, शोक, भय, पाप, निराशाको प्रतीक हो । यसप्रकार लोकसंस्कृतिमा कला मानवको सहचरीको रुपमा सधैसँगै रहिआएको छ ।
चित्रः रंगिन मिथिला चित्र ।
संस्कृतिको नियम शास्वत हुन्छ, जसले जीवन पद्धतिको मार्गलाइ प्रशस्त गर्छ । त्यो समयको विशिष्ठ जीवन व्यतित गर्ने चेतना प्रदान गर्छ, परिणामस्वरूप हामी पाउँछौ देश, समाज, प्रदेश अथवा राज्य एउटा विशिष्ट संस्कृतिको लागि जानिन्छ । संस्कृति के हो ? यसको जानकारी अपरिहार्य हो । सामान्यतया सभ्यता र संस्कृतिको पर्यायवाची मानेर विचार गर्ने भ्रान्तिपूर्ण प्रवृत्ति देखिन्छ ।
संस्कृतिको तात्पर्य त्यो सिद्धान्तसँग छ, जो समाजमा निश्चित प्रकारको जीवन व्यतित गर्ने प्रेरणा दिन्छ, हाम्रो जीवनमा जुन मानसिक अवस्था, मानसिक प्रवृत्ति हो त्यो जीवनलाई परिष्कृत, शुद्ध, पवित्र बनाउनु नै संस्कृति हो ।
प्रख्यात इतिहासकार एम.सि.वर्किटका अनुसार ‘कुनै देश अथवा जातिको संस्कृति विकासको पूर्ण ज्ञान प्राप्त गर्नका लागि त्यो संस्कृतिको कलालाई जान्नु आवश्यक हुन्छ । यसको माध्यमले त्यो कलाको सभ्यता, संस्कृतिलाई जान्न सकिन्छ ।’
वर्तमानमा नेपाली लोककला अन्तर्राष्ट्रियस्तरमा स्थापित भइ लोकप्रिय बनेको छ । किनकि हामीकहाँ अनेकतामा एकता सँगसँगै आध्यात्मिक भाव जोडिएको छ । यसमा सदासर्वदा मानव कल्याणको भाव प्रमुख रुपले रहने गरेको छ । सर्वे भवन्तु सुखिनः को भाव लोकसंस्कृतिको आधार हो ।
चित्रः अवधी कलाको रेखाचित्र ।
नेपाली संस्कृति मुलतः आध्यात्मिक हो । आध्यात्मिकतामा सेतो रङको विशेष महत्व हुन्छ, जसको चर्चामाथि गरिसकेको छ । सेतो रङ पवित्रता र शान्तिको प्रतीक हो, नेपाली संस्कृति मुलतः आध्यात्मसँगै उत्सवधर्मितालाई पनि समावेश गरिएको छ । यसरी प्रसन्नदायक पहेलो रङको हिन्दू लोकसंस्कृतिमा विशेष स्थान रहेको छ ।
यसरी नेपाली लोकसंस्कृतिमा रङ संयोजन मानवको मनोभाव अनुरुप उल्लास, अध्यात्मको सहज अभिव्यक्ति हो जो चित्रमा अभिव्यक्त हुन्छ । जहाँसम्म चित्रकलामा रङको कुरामा सोझैभन्दा रङ र चित्र परम्परा एक अर्कासगँ सम्वद्ध हुन्छ । आकार एवं रङ, प्रकृतिको अनन्त रुपमा अत्यन्त महत्वपूर्ण हुन्छ । यदि आकारमा रुपात्मकता छ भने रङ आकर्षक हुन्छ नै । जव एउटा चित्रकारले एउटा सुन्दर चित्रको परिकल्पना गर्दा रुपाकारको सँगसँगै रङको विचार पनि उसको मनमा आउने गर्छ । विभिन्न रङको प्रयोगले चित्रकार चित्रमा सौन्दर्यको सृष्टि गर्छ । चित्रकलामा चित्रकारको भावाभिव्यक्ति प्रदर्शित गर्ने माध्यम तुलिका एवं रङ नै हुन्छ, जसको माध्यमले आफ्नो मनोभावको अभिव्यक्ति गर्ने गर्छ । कलामा आध्यात्म छ, कलामा रस छ, कलामा सौन्दर्य छ । कला आध्यात्म, रस, सौन्दर्यको संगम हो । रङको माध्यमले साकार प्रकृतिलाई हामी निराकार रुपमा रङकन सक्छौ ।
नेपाली चित्रकला आज अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय भैसकेको अवस्थामा मिथिला लोककला, नेवारी लोककला आफ्नो प्रादेशिक घेराबाट बाहिर निस्केर विश्वको अनेक र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला बजारमा आफ्नो ठाउँ बनाइसकेको छ र यस्को भविष्य उज्वल छ, आउने समयमा कलाकारलाई आजको व्यापरिक दौडमा रोजगारको राम्रो अवसर प्राप्त छ र हुँदै जानेछ । व्यावसायिक दृष्टिकोणले अनेक कलादिर्घामा यहाँको चित्रको विविध रुप हेर्न सकिन्छ ।
नेपालको प्रत्येक प्रदेशमा कलाको आफ्नो विशिष्ट शैली र पद्धति विद्यमान छ, जसलाई लोककलाको नामले जानिन्छ । लोककला सँगसँगै परम्परागत कलाको एउटा अन्य रुप हो जो विभिन्न जनजातिमा पहाड तथा मधेशका ग्रामीण भेगमा प्रचलित छन् । लोककलाको अन्तर्राष्ट्रिय बजारमा सम्भावना धेरै प्रबल रहेको छ । नेपाली ग्रामीण लोक चित्रकारिताको डिजाइन मनमोहक छ, जसमा धार्मिक र आध्यात्मिक चित्रलाई प्रमुखताले चित्रित गरिएको हुन्छ । नेपाली प्रागैतिहासिक मानवकालदेखि लिएर आजको वर्तमान कालसम्म चित्रकला परिदृश्यमा देखिन्छ कि, हामी प्रत्येक नेपाली कला रङबाट अलगै छैनौ । किनकि हामी कलालाई असाध्यै माया गर्छौ । सम्पूर्ण लेखपश्चात् हामी भन्न सक्छौ की रङको कलामा महत्वपूर्ण स्थान छ ।
नेपाली कला, संस्कृतिको दृष्टिले मात्र राष्ट्रियस्तरमा नभै अन्तर्राष्ट्रियस्तरमा विशेष छवि बनाएको छ । हामीलाई विरासतमा प्राप्त साहित्यिक, पुरातात्विक, लोककला, संस्कृतिलाई प्रभावी, सामान्य जनसम्म पुर्याउन तथा जीवन्त बनाई राख्ने स्वतन्त्रता नै कला संस्कृतिको योगदान हो ।